add

प्रि-सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडको पुनरागमन जित






ActPro Nepal

|

२१ साउन, २०८०

|
318

काठमाडौ ।  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब आरसी लेन्सलाई पराजित गरेको छ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलको पहिलो हाफमा १-० ले पछि परेको स्थितिबाट दोस्रो हाफमा पुनरागमनका साथ युनाइटेडले ३-१ को जित दर्ता गरेको हो । युनाइटेडका लागि मार्कस रासफर्ड, एन्टोनी र क्यासेमिरोले १-१ गोल गरे ।

लेन्सले खेलको २३ औँ मिनेटमा फ्लोरियन सोटोकाको गोलमा अग्रता लिएको थियो । मैदानको मध्यभागबाट उनले गरेको प्रहारमा गोलरक्षक आन्द्रे ओनाना बिट भएका थिए । मिडफिल्डमा युनाइटेडले बल फुस्काएपछि सोटोकाले सिधै पोस्टमा प्रहार गरेका थिए ।

दोस्रो हाफको ४९ औँ मिनेटमा युनाइटेडले बराबरी गोल फर्कायो । एन्टोनीको पासमा रासफर्डले पेनाल्टी क्षेत्रबाट फिनिस गर्दै खेललाई १-१ को स्थितिमा ल्याए।त्यसको ४ मिनेटपछि नै एन्टोनीले आफैं गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । क्यासेमिरोले ५९ औं मिनेटमा अर्को गोल थप्दै युनाइटेडको जित पक्का गरे । युनाइटेडले अब साेमबार मैत्रीपूर्ण खेलमा एथ्लेटिक बिल्बाओसँग खेल्नेछ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.