add

दूरसञ्चार प्राधिकरण किन ‘टेरामोक्स’ प्रविधि जडान गर्न चाहान्छ ?






ActPro Nepal

|

१८ साउन, २०८०

|
276

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले किन टेरामोक्स (टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ तथा फ्रड कन्ट्रोल सिस्टम) प्रविधि जडान गर्न चाहान्छ भनेर प्रष्ट पारेको छ ।

प्राधिकरणले एक सूचना निकालेर टेलिकम कम्पनीहरूबाट भइरहेको सम्भावित राजस्व चुहावट रोक्न, भीओआईपी कल बाइपास नियन्त्रण गर्न र सेवाको गुणस्तर मापन गर्न टेरामोक्सको कार्यान्वयन गर्न लागिएको जनाएको हो ।

स्पष्ट कानूनी व्यवस्थाबिनै आफ्ना ग्राहकको कल तथा म्यासेजमै पहुँच राख्नसक्ने प्रणाली जडान नगर्ने विषयले चर्चा पाइरहेको बेला प्राधिकरणले त्यसबारे जानाकारी गराएको छ ।

कल डिटेल, एसएमएसलगायत अति व्यक्तिगत विवरण सङ्कलन हुने भएकाले गोपनीयताको विषय जोडिएको भन्दै प्राधिकरणको टेरामोक्स प्रविधिबारे केहीले प्रश्न पनि उठाइरहेका छन् । तर दूरसञ्चार प्राधिकरणले भने यसको खण्डन गर्दै राजस्व चुहावट हटाउन र सेवाको गुणस्तर बढाउन मात्रै यसको प्रयोजन भएको जनाएको छ ।

प्राधिकरणले टेरामोक्स प्रविधि जडानका लागि सात दिनको अल्टिमेटम दिएको थियो। तर उक्त समयमा नेपाल टेलिकमले कुनै चासो दिएको थिएन। टेलिकमले चासो नदिएपछि सहजीकरण बन्द गरिएको घोषणा प्राधिकरणले गरेको थियो।

नियामक प्राधिकरणले सुरूमा दूरसञ्चार ऐनको दफा १७ बमोजिम टेरामोक्स प्रणालि जडान गर्न खोजिएको बताउँदै आएको थियो। सो घोषणाअनुसार टेलिकम कम्पनीहरूको सबै गतिविधिको पहुँच उक्त प्रणालीमा पुग्ने र त्यसबाट कल ट्यापिङ, म्यासेज रिडिङ हुनसक्ने भन्दै विरोध भएको थियो।

त्यसको लागि दुई करोड ३७ लाख ७० हजार अमेरिकी डलर (तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढी) रकम खर्च गरी त्यसका लागि आवश्यक उपकरणसमेत विदेशबाट आयात भइसकेका छन् ।

तर यसका लागि टेलिकम सेवा प्रदायकहरू तयार नहुँदा यो प्रणाली कार्यान्वयनमा आउन आउन सकेको छैन । यसबाट दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवा प्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर बढाउन सकिने प्राधिकरणको तर्क छ ।

के हो टेरामोक्स ?

‘राजस्वमा कुनै किसिमको बेइमानी कोही कसैले गरिरहेको छ भने त्यसलाई रोक्न टेरामोक्स निकै उपयोगी मानिन्छ।

यसबाट दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षणरन्यूनीकरण गर्न तथा सेवाप्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर बढाउन सकिने प्राधिकरणले प्रष्ट पारेको छ । ​

प्राधिकरणका अनुसार यो प्रणालीले दूरसञ्चार कम्पनीहरुको घट्दो राजस्वको कारण पत्ता लगाई सेवाको गुणस्तर वृद्धि तथा भीओआईपी जस्ता आपराधिक क्रियाकलापहरु रोक्न/पहिचान गर्ने कार्यमा सहयोग गर्नेछ ।

यस्तो छ टेरामोक्सबारे प्राधिकरणले निकालेको सूचना




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.