add

धरानमा डेंगी प्रकोप तीव्र, परीक्षण गरिएका ६० प्रतिशतमा संक्रमण






ActPro Nepal

|

१४ साउन, २०८०

|
329

काठमाडौं । सुनसरीको धरानमा डेंगी संक्रमणको जोखिम क्षेत्र देखिएको छ । तीन वर्षअघिझैँ धरानमा संक्रमितको सख्या बढ्न थालेपछि संक्रमणको जोखिम बढेको हो । जेठ अन्तिम सातायता साउन १३ गतेसम्म दुई हजार ३५३ जना संक्रमित भएका छन् ।

साउन १२ गतेसम्म दुई हजार १९९ कुल संक्रमित रहेकोमा एकैदिन १५४ जना संक्रमित थपिएका हुन् ।

डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिएर परीक्षण गराएकामध्ये झन्डै ६० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । शनिबार परीक्षण गरिएका तीन हजार ९८१ टेस्टमा दुई हजार ३५३ जनामा डेंगी पुष्टि भएकोे थियो ।

जेठ २३ यता मात्रै धरानमा डेंगीबाट एक बालकसहित आठजनाको मृत्यु भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.