add

एनआरएनए बहराइनको अध्यक्षमा श्रेष्ठ चयन






ActPro Nepal

|

७ साउन, २०८०

|
389

दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) बहराइनको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा राजु श्रेष्ठलाई चयन गरेको छ । अधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । 

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तीर्थ भण्डारी, उपाध्यक्षमा भावना आचार्य, सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुशीला खत्री चयन भएको निर्वाचन समितिका संयोजक कमल श्रेष्ठले जानकारी दिए ।

संयोजक श्रेष्ठका अनुसार महासचिवमा संगीता खत्री, सचिवमा भुवन बिमली, सहसचिवमा नेत्रप्रसाद गैरे, कोषाध्यक्षमा, दीपक कुमार कर्ण र सहकोषाध्यक्षमा बासुदेव प्याकुरेल चयन भएका छन् ।

यस्तै, युवा संयोजकमा अमृत देवकोटा, संयोजकमा पवित्रा श्रेष्ठ, पर्यटक संयोजकमा अच्युतराज तिम्सिना र खेल संयोजकमा माशिव बिक चयन भएका छन् ।  महिला सदस्यमा अमृता सामेखम चुनिएकी छिन् ।

यसैगरी, समिति सदस्यहरूमा लक्ष्मी नारायण श्रेष्ठ, लक्ष्मण बिक, अनन्त अर्याल, विशाल खरेल, रामप्रसाद पुडासैनी, टेकमान बिक र गणेश बहादुर थापा रहेका छन् । आईसीसी सदस्यमा बिरेन्द्र बुढाथोकी चयन भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.