add

गुल्मीमा ४८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती शुरु






ActPro Nepal

|

२५ असार, २०८०

|
326

गुल्मी । जिल्लाका विभिन्न स्थानमा  ४८८ रोपनी बाँझो जग्गामा  चक्लाबन्दी खेती शुरु गरिएको छ।

जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ४८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ गुल्मीका  प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिइन्।

धुर्कोट २ पिपलधारामा सुभसन्देश उपभोक्ता सहकारी संस्थाका १२ जनाले बाँझो ६० रोपनी जग्गामा सुन्तला खेती  र मदाने गाउँपालिका ६ पुर्कोटदहमा कंके देउराली बिउ उत्पादन समूहका २३ जनाले ६८ रोपनी बाँझो जग्गामा सुन्तला खेती गरेका छन्। यस्तै सत्यवती गाउँपालिका–४ को लिम्घामा सत्यवती कृषक समूहका ९ जनाले १०० रोपनीमा कागती खेती, कालीगण्डकी–३ मा हिमालयन कृषि तथा पशुपन्छी फर्मले २०० रोपनी जग्गामा कफी खेती र रेसुंगा–३ मा ६० रोपनी जग्गाको क्षेत्रफलमा तरकारी खेतीमार्फत चक्लाबन्दी खेती गरेको पोखरेलले बताइन्।

कृषियन्त्रको प्रयोग गरी चक्लाबन्दी खेती गरिएको कार्यालयले जनाएको छ। यसरी चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा वृद्धि हुने,लागत ,समयको पनि बचत हुने र स्थानीय स्तरमै रोजगारीको अवसर पनि सृजना हुने कार्यालयका सूचना अधिकारी नारायणी गाहाले दाबी गरिन्।

प्रत्येक चक्लाबन्दी खेती गर्ने कृषक, तथा समूहलाई कार्यालयको तर्फबाट कूल लागतको ५० प्रतिशत अर्थात १२ लाख रुपियाँ उपलध गराइने छ।  ५० प्रतिशत रकम कृषक वा कृषक समूहको लागत रहने कार्यालयले जनाएको छ, जसमा स्थानीय तहको पनि लगानी रहने कार्यालयले जनाएको छ। 

फलफूलको चक्लाबन्दीमा सुन्तला जातमा कलमी बिरुवा लगाइएको छ भने कफीमा जालीभित्रको घरमा तयार गरिएको नर्सरीका बिरुवा रोपिएको गाहाले जानकारी दिइन्।

कलमी सुन्तलाका बिरुवाले  करिब तीन वर्ष पुगेपछि उत्पादन दिने शुरु गर्ने र  कफीका बिरुवाले पाँच वर्षमा उत्पादन दिन शुरु गर्ने बताइएको छ। गत वर्ष जिल्लाका विभिन्न स्थानीय तहमा पाँच वटा चक्लाबन्दीमा खेती गरेको कार्यालयले जनाएको छ। गत वर्षको चक्लाबन्दीमा यो वर्ष साना सिँचाइमा  कार्यालयले सहयोग गरेको गाहाले बताइन्।C


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.