add

सन्दीप र दीपेन्द्रले इमर्जिङ टिम्स एसिया कप नखेल्ने






ActPro Nepal

|

२२ असार, २०८०

|
270

काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नखेल्ने भएका छन् ।

सन्दीप र दीपेन्द्रले जुलाई २० देखि हुने फ्रेन्चाइज लिग ग्लोबल टी-२० क्यानडा खेल्न लागेकाले एसिया कप नखेल्ने भएका हुन् ।

दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले ड्राफ्टमार्फत अनुबन्ध गरेको छ भने यसअघि दुई पटक क्यानडामा लिग खेलिसकेका सन्दीप यस पटक सर्रे जागुअरमा अनुबन्ध भएका छन् । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.