add

स्कटल्याण्डलाई पराजित गर्दै नेदरल्याण्ड्स विश्वकपमा छनोट






ActPro Nepal

|

२२ असार, २०८०

|
293

काठमाडौं । बास डि लिडेको अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले आईसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ।

स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। नेदरल्यान्ड्सको जितमा बास डि लिडेले ९२ बलमा ७ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेले। त्यस्तै सकिब जुलफिकर ३२ बलमा ३ चौका र १ छक्कासहित अविजित ३३ रन बनाए। 

विक्रमजित सिंह ४९ बलमा ६ चौकाको सहयोगमा ४० रन बनाए। वेस्ली ब्यारेसी ११ र तेजा निडामानिरुले १० रन बनाए। कप्तान स्कट एडवार्ड्सले २३ बलमा ३ चौकासहित २५ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायो। स्कटल्यान्डका लागि ब्रेन्डम म्याकमुलनले १ सय १० बलमा ११ चौका र ३ छक्काको सहयोगमा १ सय ६ रन बनाए। ओडिआई करियर दोस्रो शतक म्याकमुलनले १ सय ६ बलमा पूरा गरेका थिए।

कप्तान रिचि बेरिंग्टनले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । टोमस म्याकिन्टोसले २८ बलमा ५ चौकाको सहयोगमा अविजित ३८ रन बनाए। ओपनर क्रिस्टोफर म्याकब्रिडले ३८ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए। क्रिस ग्रेभ्सले १५ बलमा १८ रन बनाए।

नेदरल्यान्ड्सका लागि बास डि लिडले १० ओभरमा ५२ रन खर्चिएर ५ विकेट लिए। रायन क्लायनले २ तथा लगेन भान बिकले १ विकेट लिए। 

सुपर सिक्स चरणमा स्कटल्याण्ड र जिम्बाब्वेसँग अंक बराबरी भएता पनि नेट रन रेटमा दुवै टिमलाई पछि पार्दै नेदरल्याण्ड्स छनोट भएको हो। तिन वटै टिमको ५ खेल खेल्दा ६ अंक रहेता पनि नेदरल्याण्डले अन्तिममा वाजी मारेको हो।  श्रीलंका १ खेल खेल्न बाँकी रहंदा ८ अंक छ। श्रीलंका छनोट भइसकेको छ। 

तीन महिना पछि अक्टोबरमा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुने सबै १० टिमको टुंगो लागेको हो। 

श्रीलंका र नेदरल्याड विश्वकप छनोटबाट विश्वकपमा पुग्दा आयोजक भारतसहित अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका आईसीसी विश्वकप सुपर लिगको शिर्ष-८ मा रहँदै छनोट भएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.