add

ग्वार्को फ्लाईओभर निर्माण सुरु भएको पाँच महिनापछि निर्माण रोकियो, डिजाइन परिवर्तन गर्नुपर्ने






ActPro Nepal

|

२२ असार, २०८०

|
319

काठमाडौं ।  ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको निर्माण सुरु भएको ५ महिनापछि काम रोकिएको छ ।

इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत भएको ठेक्कामा निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि काम रोकिएको हो  ।

निर्माणस्थलमा चक्रपथको कालोपत्रे उप्काइएको छ भने सडकबिचमा राखिएको विभाजक ‘डिभाइडर’ हटाइएको छ। यसैकारण पाँच महिनादेखि सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आउएको छ तर अहिले त निर्माण रोकिएको छ। गत माघ २८ गतेदेखि सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले फ्लाइओभर निर्माणक्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको बताए। उनले भने, “प्राविधिक समस्या पहिचान र निराकरण नगरी निर्माण अगाडि बढाउन सकिँदैन। भारतबाट प्राविधिक बोलाएर समस्या पहिचान र निराकरण प्रयास भइरहेको छ।”

उनका अनुसार यसअघि निर्माण कम्पनीले तयार गरेको अध्ययन प्रतिवेदन र डिजाइनमा समस्या देखिएको हो। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो।

यस मोडेलअनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्वे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ। महानिर्देशक ढकालले समस्या पहिचान तथा समाधान गर्न सडक विभागको प्राविधिक टोलीले पनि काम गरिरहेको छ। अहिले फ्लाइओभरको भौतिक काम रोकिए पनि सोसम्बन्धी अन्य काम भइरहेको उनको भनाइ छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.