add

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि






ActPro Nepal

|

२० असार, २०८०

|
372

काठमाडौ । १४ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले नै जितेको छ ।

भारतको बैंग्लोरमा रहेको कान्तिराव स्टेडियममा निर्धारित र अतिरिक्त सममा एक एक गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टीसूटआउटबाट निकालिएको हो । जसमा भातर ५–४ गोल अन्तरले विजयी भयो । 

फाइनलमा भारतविरुद्ध कुवेतले अग्रता लिएको थियो । १४ औं मिनेटमा पाहुना टोली कुवेतले अग्रता लिएको थियो । कुवेतका शबीब अल खलिदीले गोल गरेका थिए । 

१६ औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले गरेको प्रहार खेर गएको थियो ।  

भारतका लागि बराबरी गोल लालियानजुआला चाङ्तेले गोल गरेका थिए । ३८ औं मिनेटमा उनले गोल गर्दै भारतलाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि निर्धारित ९० मिनेटभित्र र थपिएको ३० मिनेटमा पनि दुवै टिमबाट गोल नभएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो । 

भारतका लागि सुनिल क्षेत्री, सन्देश झिंगन, लालियानजुआला चाङ्ते, सुवासिस बोस र महेश नोरेमले पेनाल्टीमा गोल गर्दा उदान्त सिंहले मिस गरेका थिए । 

पहिलो पटक ५–५ खेलाडीले प्रहार गर्दा चार चार खेलाडीले गोल गरेका थिए । कुवेततका मोहम्मद दहामले पहिलो प्रहार नै मिस गरेपछि टिम दबाबमा परेको थियो ।

यसैगरी फवाज अली ओटावी, अहमद अल देफिरी, अब्दुलाजिज मुराद, सहविब अल खलादीले गोल गरेका थिए । अन्त्इमा खलिद इब्राहिमको प्रहार मिस भएपछि भारत साफ च्याम्पियनसिपको उपाधि रक्षा गर्न सफल भयो । यो प्रतियोगितामा कुवेत  र लेबनान पहिलो पटक सहभागी भएका थिए । जसमा कुवेत उप विजेता बन्न सफल भयो । भारतको साफ उपाधि संख्या ९ पुगेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.