add

मलेसियालाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक






ActPro Nepal

|

१९ असार, २०८०

|
343

काठमाडौं । पालले एसिसी यू–१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो । जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो ।

बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । २ सय ५३ रनको विशाल लक्ष्य पछयाएको मलेसिया ३१ रनमै अल आउट भयो।

मलेसियालाई सस्तैमा समेटने क्रममा नेपालका लागि अभिशेख तिवारीले सर्वाधिक ५ विकेट लिन सफल भए भने सन्तोष यादवले ३ विकेट लिए । २ सय ५२ रनको लक्ष्य पछयाएको मलेसियाका लागि मोहम्मद अक्रम बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन् । 

त्यसअघि नेपालका लागि नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनले ८२ बलमा शतक पूरा गरेका थिए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी पनि खबनेका छन् ।

नेपालका ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । दोस्रो विकेटका लागि निरज र नरेन भट्टले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए ।

नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज कुमारले पहिलो विकेटका लागि ७.२ ओभरमा ४१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । सुर्यांशुले २३ बलमा २ चौकासहित १८ रन बनाए । सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए ।

मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.