add

लागुऔषधसहित १० जना पक्राउ






ActPro Nepal

|

१८ असार, २०८०

|
337

काठमाडौं । प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागुऔषध विरुद्धको अपरेसनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँच विदेशी र पाँच नेपाली छन्। उनीहरूका साथबाट कोकिन ३.७ ग्राम, खैरो हेरोइन १०० ग्राम, एम्फेटामाइन ४०.५० ग्राम, चरेस सात किलो, गाँजा पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरेको प्रहरीले जनाएको छ। 

लागुऔषधसहितविभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत पक्राउ परेका हुन्।

यस्तै विभिन्न देशका डेभिड मिनाडो, मार्टिन शेर्ना र पवल वेष्ट पक्राउ परेका छन् । उनीहरूमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.