add

इन्डाे नेपाल आशिहारा कराते च्याम्पियनसिपका विजेता सम्मानित






ActPro Nepal

|

१२ असार, २०८०

|
554

पाटन । इन्डाे नेपाल आशिहारा कराते च्याम्पियनसिपमा स्वर्ण र रजत पदक विजेता १२ खेलाडी सम्मानित भएका छन् । सोसाई मात्सु तात्सु ओयामा कराते क्योकुसिन नेपाल, आई. के. ओ. क्योकुसिनकाईकान नेपालले आइतबार ललितपुरको नखिपाेटस्थित एस. आई आर डाेजाेमा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हाे । सम्मान कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष अमृतजंग महतले विजेता खेलाडीहरूलाई सम्मान पत्र गरे । 

यहीँ जुन १७ र १८ तारिखमा भारतकाे उत्तरप्रदेशकाे गाजियाबादस्थित लिलावती पव्लिक स्कुल प्रताप विहारमा भएको कराते प्रतियोगिता नेपालले स्वर्ण र रजत गरि १२ पदक हासिल गर्न सफल भएको थियो । 

सम्मान कार्यक्रममा मन्तव्य राख्दै ललितपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष अमृतजंग महत पढाईकाे साथसाथै खेलकुदलाई पनि संगसंगै लैजान र अनुशासित भएर खेल्न आग्रह गरे । ' आगामी दिनमा पनि खेल क्षेत्रलाई निरन्तरता दिन सफलता मिलाेस् । पढाईकाे साथसाथै खेलकुदलाई पनि संगसंगै लैजान र अनुशासित भएर खेल्न आग्रह  गर्दछु ।' अध्यक्ष महतले भने । महतले खेलकुदकाे विकासका लागि खेलाडी र डाेजाेलाई निरन्तर सहयाेग गर्ने वताए । उनले आगामी वर्ष बजेट व्यवस्थापन गरेर सहयोग गर्ने र वडास्तरीय बजेटबाट डाेजाे व्यवस्थापन गर्न सहयाेग गर्ने वताए । 

सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ सिहान दिपक लामाले विजेता खेलाडीहरूले आगामी दिनहरुमा हुने अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्षम हुने र उत्कृष्ट नतिजा ल्याउने विश्वास विश्वास व्यक्त गरे । उनले खेलाडीहरुलाई उच्च मनाेबलका साथ अनुशासित र जिम्मेवार भएर खेल प्रदर्शन गर्न प्रेरित गरे । 

आशिहारा कराते च्याम्पियनसिपमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने मुख्य रेफ्री समिर श्रेष्ठले याे प्रतियोगितामा स्वर्ण पदक  हासिल गरेर खेलाडीहरुले देशकाे मान रफसान उच्च बनाएको वताए । ' याे प्रतियोगिताबाट खेलाडीहरुले मात्रै जीत हासिल गरेको हैन, देशकाे समेत सान र मान बढेको छ । ' हाम्रा खेलाडी,रेफ्रीहरु, टिम व्यवस्थापकलगायत सबैले आयाेजककाे मन जितेर आउन सफल भएका छाैं । हाम्रो खेल प्रस्तुति र व्यवहारले उनीहरु खुसी छन्, आयाेजकलाई खुसी पारेर यति धेरै पदक हासिल गर्न सक्नु हाम्रो महत्त्वपूर्ण सफलता हाे ।' मुख्य रेफ्री श्रेष्ठले भने । 

अभिभावक तथा प्रतियोगितामा टिम व्यवस्थापककाे भूमिका निर्वाह गरेका रामहरि थापाले अत्मबिस्वासले खेल्न सफल भएकोमा खेलाडीहरुलाई हार्दिक बधाई भन्दै सफलताको शुभकामना व्यक्त गरे । 

आशिहारा कराते च्याम्पियनसिपमा नेपालका तर्फबाट पुरुषतर्फ नेपाली खेलाडीहरु सात वर्षीय बुधेश तामाङ,११ बर्षीय शेसेहाङ यौंग्य लिम्बु, १३ बर्षीय करण शाही, १५ बर्षीय साहिर श्रेष्ठ, 

१७ वर्षीय महेश कुमार गोले र १९ वर्षीय अमित तामाङले स्वर्ण पदक हासिल गर्न सफल भएका थिए । 

त्यस्तै महिलातर्फ ११ वर्षीय रचना थापा, १३ वर्षीय विनिशा राई, १५ वर्षीय संगीता परियार, १७ वर्षीय मोनिका तामाङ र रोहनी कस्तीले स्वर्ण पदक हासिल गर्न सफल भएकी थिइन् भने १५ वर्षीय अन्जु श्रेष्ठले रजत पदक हात पार्न सफल भएकी थिइन् । 

एस. आई आर डाेजाेका प्रमुख राज कुचीकारले अनुशासित रुपमा राम्रो खेल प्रदर्शन गरेर खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा सकरात्मक सन्देश दिएकाेमा खेलाडीहरुलाई धन्यवाद व्यक्त गरे । उनले यस डाेजाेमा खेल्ने खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक हासिल गर्दा अन्य खेलाडीहरूलाई पनि डाेजाेमा खेल्न आउन उत्प्रेरित हुने अवसर मिलेकाे वताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.