add

नेपाल साफ च्याम्पियनसीपको समूह चरणबाटै बाहिरियो






ActPro Nepal

|

१० असार, २०८०

|
213

काठमाडौं । भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगितामा नेपाल समूह चरणबाट बाहिरिएको छ।

भारतको बैङ्गलोरस्थित कान्तिराभ रङ्गशालामा गएराति सम्पन्न खेलमा साविक विजेता भारतसँग २–० गोलअन्तरले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो। भारतको जितमा सुनिल क्षेत्री र महेशसिंह नोरिमले एक–एक गोल गरे।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल खायो। खेलको ६१औँ मिनेटमा सुनिलले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको ७०औँ मिनेटमा महेशले गोल गर्दै भारतलाई २–० को सहज जित दिलाए। समूह ‘ए’ मा रहेको भारतले यस जितसँगै सेमिफाइनलमा पुगेको छ। भारतले दुई खेलमा छ अङ्क जोडेको छ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ४–० ले गोलअन्तरले पराजित गरेको थियो।

त्यसैगरी नेपाल एक खेलअगावै समूह चरणबाट बाहिरिएको छ। पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलअन्तरले पराजित भएको थियो। भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ। कुवेतले शनिबार पाकिस्तानलाई ४–० ले हराएको थियो।

समूह ‘ए’ मा रहेको नेपाल र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिए। अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तानविरुद्ध खेल्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.