add

नेवि संघका मोरङ सभापति सरोज पोखरेल पक्राउ






ActPro Nepal

|

३१ जेठ, २०८०

|
305

विराटनगर । नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन्। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहालमाथि कोलोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका सभापतिलाई सोमबार निवासमै पुगेर नेविसंघका कार्यकर्ताले मोसो दलेका थिए।

पोखरेलले मोसो दलेको घटनाको जिम्मेवारी लिएका थिए। उनलाई बुधबार बिहान सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बूढीगंगाबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले सुनसरी लगेको छ।

सुनसरी प्रहरी उपरीक्षक प्रभु ढकालले पोखरेललाई पक्राउ गरेको जानकारी दिए। घटनामा संलग्न सबै व्यक्तिको पहिचान भइसकेको बताउँदै उनले अन्यको खोजी भइरहेको समेत बताए।

विश्वविद्यालय सेवा आयोगको कार्यालयले मसो दल्नेविरुद्ध सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो। पक्राउ परेका पोखरेलसहित ३ जनाको नाममा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ।

सेवा आयोगका अध्यक्ष दाहाल कार्यालयमा नभेटिएपछि निवासमा पुगेर मोसो दलेको उनीहरूले दाबी गरेका थिए। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै घटनामा नेविसंघको संलग्नता नरहेको बताएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.