add

गुजरातलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा






ActPro Nepal

|

१० जेठ, २०८०

|
305

काठमाडौं ।  चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई आईपीएल २०२३ को फाइनल प्रवेश गरेको हो।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निार्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। चेन्नईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात १ सय ५७ रनमा समेटिएको हो।

चेन्नाईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्कासहित ६० रन बनाए। उनले सात बलमा दुई रन बनाउँदा जीवनदान पाएका थिए। दोस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर दर्शन नालकंडेको बलमा शुभमन गिलबाट क्याच आउट भए पनि नो बलको कारण उनको भाग्य खुलेको थियो। उनकै ब्याटिङले अन्तत चेन्नई फाइनल पुग्यो।

चेन्नईका अर्का ओपनर डेभोन कन्वेले ३४ बलमा ४ चौकाको सहयोगमा ४० रन बनाए। अजिंक्या रहाणे र अम्बाती रायुडू समान १७–१७ रनमा आउट भए। कप्तान महेन्द्रसिंह धोनी एक रनमै क्याच आउट भए। रविन्द्र जडेजा १६ बलमा २ चौकासहित २२ रनमा शामीको बलमा बोल्ड भए। मोईन अली ४ बलमा १ छक्कासहित ९ रनमा अविजित रहे।

गुजरातका मोहित शर्मा र मोहम्मद सामीले समान २-२ तथा नूर अहमद,दर्शन नालकंडे र राशिद खानले समान १-१ विकेट लिए।

यता, गुजरातका लागि ओपनर शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए। राशिद खानले १६ बलमा ३ चौका र २ छक्का सहयोगमा ३० रन जोडे। विजय शंकरले १० बलमा १ छक्काको सहयोगमा १४ रन बनाए।

उसका अन्य ब्याट्सम्यानले राम्रो प्रर्शन गर्न सकेनन्। १८ औं ओभरमा मथिशा पथिरानाको बलिङमा २ विकेट लिएपछि खेलमा चेन्नाई हाबी भयो।

१९ औं ओभरको दोस्रो बलमा तुसारदेश पान्डेले राशिद खानलाई आउट गरे। योसँगै चेन्नाईको जित पक्का भयो। २० ओभरको अन्तिम बलमा मथिशा पथिरानाले मोहम्मद सामीलाई आउट गरेसँगै आईपीएल इतिहासमा गुजरात पहिलो पटक अलआउट भयो।

चेन्नाईका लागि दीपक चहर, मथिशा पथिराना, रविन्द्र जडेजा र महेश थिक्सनाले समान २-२ तथा तुसारदेस पान्डेले १ विकेट लिए।

आईपीएलको प्लेअफमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। यो खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरातसँग शुक्रबार खेल्नेछ। आइपिएलको फाइनल आइतबार अहमदाबादमा हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.