add

दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको प्लेअफमा






ActPro Nepal

|

७ जेठ, २०८०

|
380

काठमाडौ । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शनिबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्समाथि ७७ रनको सानदार जित निकाल्दै चेन्नईले प्लेअफ यात्रा तय गरेको हो । चेन्नईले दिएको २२४ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनमा समेटिएको हो । दिल्लीका लागि कप्तान डभिड वार्नरले सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ्स खेले पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । अक्षर पटेलले १५ रन तथा यश दुलले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । 

बलिङमा चेन्नईका दीपक चाहरले ३ विकेट तथा महेश थिक्सना र माथिसा पाथिरानाले समान २/२ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले र्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । ओपनर देवेन कोनवेले ८७ र ऋतुराज गायकवाडले ७९ रनको पारी खेले। साथै शिवम दुबेले २२ रन तथा जडेजाले २० रन जोडे ।

बलिङमा दिल्लीका खालिल अहमद, एनरिच नोर्जे र चेतन शकारियाले समान एकएक विकेट लिए । 

याेसँगै १४ खेलमा ८ मा जित र ५ मा हारका साथ चेन्नई १७ अंक जाेडेर तालिकाको दोस्रो स्थानमा छ । लिगमा खराव सुरुवात गरेको दिल्ली यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको छ । साविक विजेता गुजरात टाइटन्स भने यसअघि नै प्लेअफमा पुगिसकेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.