add

गृहसचिव भट्टराईद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण






ActPro Nepal

|

२ जेठ, २०८०

|
260

काठमाडौं । एक साताअघि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका गृहसचिव दिनेश भट्टराईले नेपाल प्रहरीको मुख्यालय निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन्।

मंगलबार प्रहरी मुख्यालय निरीक्षणमा पुगेका गृहसचिव भट्टराईले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे।

कार्यक्रममा गृहसचिव भट्टराईले प्रहरी मुख्यालय परिसरमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे।

उनले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ शाखा र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यहाँबाट हुने काम र गतिविधिबारे जानकारी लिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.