add

गर्मीमा फ्रिजको पानी पिउनु हुन्छ ? यस्ता छन फ्रिजको पानी पिउँदाको बेफाईदा






ActPro Nepal

|

२७ वैशाख, २०८०

|
776

काठमाडौं । गर्मी मौसम सुरु भयो । तिर्खा मेटाउन अधिकांश व्यक्ति फ्रिजको चिसो पानी पिएर तत्काल आनन्द लिन चाहन्छन् ।

तर, पिएको केही बेरका लागि गर्मीबाट राहत दिने फ्रिजको चिसो पानी नियमित पिउँदा दूरगामी असर पर्छ । चिसो पानी पिउनु हाम्रो शरीरलाई धेरै बेफाइदा हुने गर्दछ ।

गर्मी मौसममा प्राय सबैले फ्रिजमा राखिएको पानी पिउने गर्दछौ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ । फ्रिजको पानी पिउनाले घाँटी खराब हुने सम्भावना अधिक हुन्छ ।

यसका कारण घाँटी, टन्सिल, फोक्सो तथा पाचन प्रणालीमा विभिन्न समस्या उत्पन्न हुनसक्छ ।

एक अध्ययन अनुसार धेरै चिसो पानी पिउनाले खाना पचाउनका लागि दुई गुना समय लाग्छ ।

धेरै चिसो पानी पिउँदाको बेफाईदा

१. खाना खानासाथै चिसो पानी पिउनाले खाना पचाउनका लागि सामान्य भन्दा दुई गुना समय लाग्छ । यसको नराम्रो असर शरिरको मेटाबालिज्ममा पर्दछ, जसका कारण शरिरमा बोसोको मात्रा बढ्छ ।

२. ठण्डा पानी पिउनाले रक्त नलीमा समस्या देखिन्छ । पाचन प्रक्रियामा असर पुग्दछ र बिस्तारै अमिलो डकार आउने तथा ग्यासको समेत समस्या देखाउँछ ।

३.गर्मीमा बाहिरको तापक्रम बढी हुन्छ, अचानक चिसो पानी पिउनाले छातीमा समस्या देखापर्दछ । छातीमा कफ जम्ने सम्भावना पनि उत्तिकै हुन्छ । चिसोले घाँटीमा समेत असर पार्न सक्छ ।

४. चिसो पानी पिएपछि शरिरको तापक्रमसँग मिल्न समय लाग्छ, जसले गर्दा शरिरले पाउनु पर्ने पोषण नपाउन पनि सक्छ, यसले पोषणमा समेत पर्याप्तता नदिन सक्छ ।

५. चिसो पानीले रक्तनलीमा असर पुर्याउने हुँदा मुटुले सही रुपमा रगतका लागि पम्प नगर्न सक्छ, जसका कारण मुटुको समस्या देखिन्छ ।

६. लगातार चिसो पानी पिउनाले शरिरको प्रतिरोधात्मक क्षमताका ह्रास आउन गई एलर्जीको बिमारी बढ्ने सम्भावन बढी हुन्छ ।

७. चिसो पानीले शरिरको तापक्रममा सिधा असर गर्ने हुँदा यसको असर दिमागमा समेत पर्छ, जसले गर्दा टाउको दुख्ने समस्या देखिन थाल्छ ।

८. चिसो पानीले घाँटीमा समेत असर गर्छ, यसले घाँटीमा हुने नलीलाई समेट कठोर बनाईदिन्छ ।

९. रक्तनलीमा सिधा असर पार्ने चिसो पानीले रक्त संचालनलाई ढिला गराइदिन्छ, जसले मानिसलाई ब्लड प्रेशरको रोगी बनाईदिन्छ ।

१०. चिसो पानी पिएपछि शरिरको तापक्रम अचानक कम हुन जान्छ । सक्रिय रुपले काम गरेका तन्तुहरुलाई यसले असर पार्छ र शरिरमा आलस्यता बढाउँछ ।

-एजेन्सी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.