add

आईपीएलमा मुम्बईसँग बेंगलोर पराजित






ActPro Nepal

|

२७ वैशाख, २०८०

|
308

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । मंगलबार घरेलु मैदान वाङखडे स्टेडियममा भएको खेलमा सूर्य कुमार यादव र नेहाल वाडेराले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बईले २०० रनको लक्ष्य १६.३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो ।

सूर्य कुमारले ३५ बल खेल्दै ७ चौका र ६ छक्का मद्दतमा सर्वाधिक ८३ रन बनाए । नेहालले अविजित ५२ रन बनाउने क्रममा ३४ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर इशन कसनले २१ बलमा ४२ रन जोडे ।

बेंगलोरका वानिन्दु हसरंगा र विजकुमार वैशाखले समान २ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

बेंगलोरका लागि ग्लेन म्याक्सवेल र कप्तान फाप डु प्लेसिसले अर्धशतक प्रहार गरे । म्याक्सवेलले ३३ बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाए । डु प्लेसिसले ४१ बलमा ६५ रन जोडे । १६ रनमै दुई विकेट गुमाएको बेंगलोरका लागि म्याक्सवेल र डु प्लेसिसले १२० रनको साझेदारी गरेका थिए । दिनेश कार्तिकले ३० रन बनाए ।

मुम्बईका लागि ज्यासन बेहरनडोर्फले ३ तथा क्यामरुन ग्रीन, क्रिस जोर्डन र कुमार मार्थिकेयाले समान १ विकेट लिए ।छैटौँ जितपछि ११ खेलबाट १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा उक्लेको छ र प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ । पराजित बेंगलोर ११ खेलबाट १० अंकसहित सातौँ स्थानमा रहेकाे छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.