add

ए डिभिजन लिगमा आज दुई खेल हुँदै






ActPro Nepal

|

२२ वैशाख, २०८०

|
316

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन्। लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ।

यस्तै  एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.