add

लखनउमाथि बैङ्लोरको १८ रनको जीत






ActPro Nepal

|

१९ वैशाख, २०८०

|
272

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेंग्लोरले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ। घरेलु मैदान ऐकना स्टेडियममा गएराति लखनऊ १८ रनले पराजित भएको हो।  

बेंग्लोरले दिएको १२७ रनको लक्ष्य पछ्याएको लखनऊले १९.५ ओभरमा अलआउट हुँदै १०८ रन मात्र बनायो। ​उसका लागि कृष्णपा गौथमले २३ र अमित मिश्राले १९ रन बनाए । यस्तै मार्कस स्टोईनेस र नभिन उल हकले समान १३र१३ रन बनाए । 

बेंग्लोरका लागि जोस हेजलवुड र कर्ण शर्माले २–२ तथा मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र वानिंदु हसरंगाले १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनायो।

बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४४ तथा विराट कोहलीले ३० बलमा ३१ रन बनाए। दिनेश कार्तिकले १६ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

लखनऊका लागि नभिन उल हकले ३ तथा रवि बिश्नोइ र अमित मिश्राले समान २–२ विकेट लिए। ९ खेलमा पाँच जित तथा चार हार व्यहोरेको बेंग्लोर लिगको पाँचौँ स्थानमा उक्लिएको छ। ९ खेलमा पाँच जित र चार हारका साथ लखनऊ तेस्रो स्थानमा पुगेको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.