add

ग्लोबल आइएमई स्मार्ट एपमार्फत मौलाकालिका केबलकारको टिकट काट्दा १०% छुट






ActPro Nepal

|

१५ वैशाख, २०८०

|
280

काठमाडौं । ग्लोबल आइएमई बैंकले नवलपुरको गैँडाकोटमा रहेको मौलाकालिका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजीसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालीका केबलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुट पाउने छन् ।

बैंकले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत गरिने भुक्तानी प्रकृयालाई प्रवद्र्धन गर्न तथा यो छुट योजना सार्वजनिक गरेको हो । यो छुट योजना सीमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजना ल्याउँदै आएको छ ।

ग्लोबल आइएमई बैंकले हाल देशभरका ७७ जिल्लाका ३५७ शाखा कार्यालय, ३५७ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.