add

कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, सन्दीपको अलराउन्ड प्रदर्शन






ActPro Nepal

|

१४ वैशाख, २०८०

|
384

काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५ दशमलव १ ओभरमा ८९ रनमै समेटियो । 

कतारलाई सस्तैमा समेट्न लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए। 

यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४० दशमलब ३ ओभर खेल्दै १ सय ५७ रनमा अलआउट भएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले आउट नभइ सर्वाधिक ४२ रनको योगदान पनि गरे । कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।  

समूह एबाट एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपाल आज कतारविरुद्ध जित निकाल्दै समूह विजेता बन्न सफल भएको छ । नेपालले खेलेका ४ मध्ये ३ मा जित निकालेको छ भने एक खेल वर्षाले अवरुद्ध हुँदा साउदी अरेबियासँग अंक बाँडेको थियो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.