add

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुने,आजै चुनाव चिह्न दिइने






ActPro Nepal

|

२३ चैत, २०७९

|
293

काठमाडौ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ।

आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिइने छ ।

चुनाव चिह्न पाएपछि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारले चुनावी प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । तनहुँ-१, बारा-२ र चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो।

गत मंसिर ४ को चुनावमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपचुनाव हुन लागेको हो। त्यसैगरी बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन-२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले यी क्षेत्रहरुमा उपनिर्वाचन गर्न लागिएको हो।

आगामी वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको निर्वाचन तालिका छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.