add

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची






ActPro Nepal

|

२३ चैत, २०७९

|
388

काठमाडौ । आज प्रतिनिधि सभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ। बैठकमा कार्य व्यवस्था समितिका सदस्यलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको विधेयक टेबुल हुनेछ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६३ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जानकारी दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.