add

अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री रिजाल






ActPro Nepal

|

२१ चैत, २०७९

|
484

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घका पदाधिकारीहरूसँग भएको भेटमा उनले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक रहेको बताए । “म निजी क्षेत्रको साथमा छु, निजी क्षेत्रको समस्या समाधान गर्न पूर्णरूपमा लाग्नेछु”, मन्त्री रिजालले भने । मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भन्दै उनले निजी क्षेत्रको समस्या समाधान गर्न प्रभावकारी रूपमा लाग्ने बताए ।

भेटमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मन्त्री रिजाललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गरे । अध्यक्ष अग्रवालले मागमा आएको उच्च सङ्कुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको बताए ।

उनले कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० मा उत्पादनमूलक उद्योगको योगदान निरन्तर घट्दो रहेको बताउँदै अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान बढाउन वातावरण बनाउनुपर्ने उल्लेख गरे । परिसङ्घले औद्योगीकरणले मात्रै दीगो विकास प्राप्त गर्न सक्ने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथअघि बढाउन अनुरोध गरेको छ । परिसङ्घले आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन गर्न, चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउनुपर्ने बताएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.