add

आईपीएलमा बेंगलोरसँग मुम्बई पराजित






ActPro Nepal

|

२० चैत, २०७९

|
433

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजमाथि ८ विकेटको सानदार जित निकालेको छ ।

घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा कप्तान फाप डु प्लेसिस र विराट कोहलीले उत्कृष्टठ ब्याटिङ गरेपछि सानदार जित निकालेकाे  हाे ।  

प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेपछि बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेकाे थियाे । 

कोहलीले ४९ बल खेल्दै ६ चौका र पाँच छक्का मद्दतमा अविजित ८२ रन बनाए । कोहलीले अर्शद खानलाई छक्का प्रहार गर्दै जित पक्का गरेका थिए । कप्तान प्लेसिसले ४३ बल खेल्दै पाँच चौका ६ छक्का मद्दतमा ७३ रन बनाएका हुन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.