add

राखेप सदस्यसचिव स्वेच्छाचारी भए : एलबी क्षेत्री






ActPro Nepal

|

१९ चैत, २०७९

|
330

काठमाडौं । प्रधानमन्त्री सहभागी कार्यक्रममा नबोलाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङप्रति राखेप परिषद् सदस्य एलबी क्षेत्रीले आपत्ति जनाएका छन् । 

शनिबार राष्ट्रिय खेलकुद परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आतिथ्यतामा राखेपले खेलकुद पूर्वाधार नीतिका लागि संवाद कार्यक्रम आयोजना गरेको थियो । 

तर यति महत्वपूर्ण कार्यक्रममा आफ्नै सदस्यहरूलाई नबोलाएको भन्दै क्षेत्रीले आपत्ति जनाएका हुन् । राखेप सदस्यलाई यस्ता कार्यक्रमबारे जानकारी नदिनु आपत्तिजनक रहेको उनकाे भनाइ छ ।

'सदस्यसचिव घिसिङको स्वेच्छाचारी क्रियाकलाप र गतिविधिका लागि घोर असहमति रहेको छ र यस्ता गतिविधि सच्याउन सार्वजनिक रूपमा ध्यानाकर्षण गराउँदै सहकार्य समन्वय गरी अगाडि बढ्न पुन‌ः अनुरोध', क्षेत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, 'लोकतान्त्रिक पद्धति र प्रक्रियाकाे उपहास नगरौँ ।' 

राखेप सदस्य क्षेत्री नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हुन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.