add

रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रुपमा खडा हुन्छः रवि लामिछाने






ActPro Nepal

|

१८ चैत, २०७९

|
344

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानलेले  चाँडै नै रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रुपमा खडा हुने दाबी गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा लामिछानेले यस्तो दाबी गरेका हुन् । 

‘कयौँ क्षमतावान व्यक्तिहरु यस पार्टीको माध्यमबाट देशको सेवा गर्न तयार भएर बस्नुभएको छ।  निर्वाचनसँगै तपाईँहरुले प्राप्त गर्नुहुने छ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।’

उनले यो जनाउ घण्टीमात्रै भएको भन्दै त्यसकै सुरुवातमा आज स्वर्णिम वाग्ले र रमेश खरेल साथमा रहेको बताए ।  

उनले देशमा सुन्दर भविष्य नभएर तथा अवसर नपाएकै कारण विदेशिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यो अवस्थाको अन्त्य गर्न पार्टी लागिपर्ने बताए । ‘क्षमतावानलाई राजनीतिमा ल्याएर सुन्दर भविष्य कोर्न सकिन्छ’, उनले भने, ‘हामी अन्तिम क्षमता भएका मान्छे होइनौँ तर  म कहाँ गएर विज्ञता प्रस्तुत गरौँ भन्नेका लागि  प्रेरणा बन्न सकियोस् भन्ने चाहना छ ।’

उनले विश्वास गरेर आफूले आर्जन गरेको नाम र प्रतिष्ठा पार्टीसँग जोडेर साथ दिएकोमा वाग्ले र खरेललाई धन्यवाद पनि दिए । ‘तपाईँहरुले हुर्कँदै गरेको पुस्तालाई भरोसा दिने काम गर्नुभएको छ । समाजमा निराशाको बादल छाएको ठाउँमा आशाको किरण बालिदिनु भएको छ’, वाग्ले र खरेलको प्रशंसा गर्दै लामिछानेले भने, ‘यो मुलुक र ठाउँलाई आशाको किरण झल्काउनुभएको छ । आउँदै गरेको पुस्ताले गुन सम्झिनेछ ।’

उनले भविष्यमा हामीले बहुमत र दुई तिहाइको सरकार बनाउने र घुसखोरलाई तह लगाउने पनि उद्‍घोष गरे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.