add

रवि, रमेश र स्वर्णिमले शनिबार पत्रकार सम्मेलन गर्ने






ActPro Nepal

|

१८ चैत, २०७९

|
490

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित बिहीबार मात्रै कांग्रेस छाडेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र यस अघि नेपाल सुशासन पार्टी सञ्चालन गरिरहेका रमेश खरेल एकसाथ पत्रकार सम्मेलन गर्ने भएका छन्। 

चितवन २ बाट चुनावी मैदानमा उत्रिएका पार्टी सभापति रवि लामिछाने, बारा २ बाट मैदानमा उत्रिएका रमेश खरेल र तनहुँ २ बाट प्रतिष्पर्धा तयारीमा रहेका डा. स्वर्णिम वाग्लले शनिबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले भोलि शनिबार दिउँसो चार बजे रास्वपा केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको बताएका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.