add

बालबालिकाका लागि 'सानिमा बालश्री जीवन बीमा' योजना उपयोगी, के छ विशेषता ?






ActPro Nepal

|

२१ फागुन, २०७९

|
622

शारदा घिमिरे

काठमाडौं । नयाँ नयाँ र जीवन उपयोगी बीमालेख जारी गरेर छोटै समयमा ग्राहकको मन मन जित्न सफल जीवन बीमा कम्पनी सानिमा लाइफको सानिमा बालश्री (सावधिक) जीवन बीमा योजनाका थुप्रै फाइदाहरु रहेका छन् ।

यस बीमा योजना अन्तर्गत आफ्नो सन्तानको जीवन बीमा गरी आफ्नो परिवारको उज्वल भविष्यको लागि निश्चित हुन सकिने छ । यो बीमा योजना बच्चाको जन्म भएदेखि अधिकतम १० वर्षको उमेरसम्ममा लिन सकिनेछ ।

जसको न्युनतम बीमा शुल्क भुक्तानी अवधि १० वर्षको रहने कम्पनीले जनाएको छ । साथै अधिकतम बीमा शुल्क भुक्तानी अवधि २० वर्ष रहेको छ ।

बालवालिकाकको प्रस्तावकको अधिकतम उमेर ६५ वर्ष भन्दा माथि हुँदा मान्य नहुने कम्पनीले उल्लेख गरेको छ ।

योजना विशेषता

न्यूनतम प्रवेश उमेर: ० वर्ष (जन्म मिति देखि)

अधिक्तम प्रवेश उमेर: १० वर्ष

न्यूनतम बीमा शुल्क भुक्तानी अवधि: १० वर्ष

अधिकम बीमा शुल्क भुक्तानी अवधि: २० वर्ष

प्रस्तावकको अधिक्तम प्रवेश उमेर: ६५ वर्ष

अधिकतम बीमा समाप्ति उमेर (वीमित): २५ वर्ष

न्यूनतम बीमाङ : ५०,०००/- (पचास हजार)

अधिक्तम बीमाङ्ग : ५०,००,०००/- (पचास लाख)

बीमा शुल्क भुक्तानी तरीका : वार्षिक/अर्धवार्षिक/त्रैमासिक

ठूलो बीमामा छुट

बीमा रु.२,५०,००० देखि ४,९९९९९ सम्म रु.१/-प्रति हजार

बीमा रु.५,००,००० भन्दा माथि रु.२/-प्रति हजार

जोखिम बहन प्रारम्भ हुने मिति

बीमा प्रारम्भ मितिले (२) दुई वर्ष पुराभएपछि, बीमाको दोस्रो वार्षिकोत्सव दिवसबाट बीमितको जोखिम बहन गरिनेछ ।

कर्जा तथा सर्मपण मुल्य

यस बीमा योजना अन्तर्गत पुरा तीन वर्षको बीमा शुल्क भुक्तानी गरिसकेपछि र बीमा प्रारम्भ मितिबाट तीन वर्ष पुरा भए पश्चात समर्पण मुल्यको बढीमा ९० प्रतिशत सम्म नियमानुसार कर्जाप्रदान गर्न सकिनेछ ।

बीमाङ्क रकम भुक्तानी दिने अवस्था

क) बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र नियमानुसारको बोनस एक मुष्ट प्रदान गरिने छ ।

ख) बीमा प्रारम्भ भएपछि बीमा जोखिम प्रारम्भ नभएको अवस्थामा बीमितको मृत्यु भएमा पुरक करार सुविधाको लागी तिरेको बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क रकम फिर्ता गरिने छ ।

ग) बीमा जोखिम प्रारम्भ भएपछि बीमितको मृत्यु भएमा तत्काल बीमाइको २५ प्रतिशत रकम प्रस्तावकलाई भुक्तानी गरिनेछ साथै बाँकी ७५ प्रतिशत रकम बीमा अवधि समाप्ती भएपछि व्याज र बीमितको मृत्यु हुँदासम्मको अवधिको आर्जित बोनस नियमानुसार भुक्तानी गरिनेछ । उल्लेखित व्याज भुक्तानी गर्दा नेपाल बीमा प्राधिकरणले तोकिदिएको व्याजदर भन्दा एक प्रतिशत न्यून हुने गरि ब्याज प्रदान गरिने छ ।

प्रस्तावकलाई थप ऐच्छिक सुविधाहरू

बीमा शुल्क छुट सुविधा (Premium Waiver Benefit)

अतिरिक्त बीमा शुल्क तिरी यो सुविधा लिएमा बिमितको उमेर २० बर्ष नपुगेसम्म बीमा लेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको पुरक करारमा उल्लेखित बीमाङ्क बमोजिम बीमा शुल्क भुक्तानीमा पूर्ण छुट प्रदान गरिनेछ ।

मासिक आय सुविधा (Monthly Income Benefit)

बीमा प्रस्तावकले मासिक आय सुविधाको लागि छनोट गरेको बीमाङ्कको प्रतिशत अनुसार बीमाशुल्क तिरी मासिक आय सुविधा लिएमा बीमा लेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकको मृत्यु भएमा बीमितको उमेर २० वर्ष नपुगेसम्म र बीमा अवधि समाप्त नभएसम्मको अवधि मध्ये जुन पहिला आउँछ सो मितिसम्म गरिएको बीमाङ्कको १५ प्रतिशत अनुसार हुने रकम मासिक आय सुविधा प्रदान गरिनेछ ।

घातकरोग सुविधा (Critical Illness Benefit)

यस बीमा योजनामा न्यून अतिरिक्त शुल्क तिरी करारमा उल्लेखित रक्षावरण घातक रोग प्रस्तावकका लागी लिन सकिने व्यवस्था गरेको छ । जस अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकलाई घातक रोग लागेमा बीमालेख तथा करारमा उल्लेख भए बमोजिम बीमाङ्क बराबरको एकमुष्ट रकम प्रस्तावकलाई उपलब्ध गराईनेछ ।

थप जानकारिकाे लागि: सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड, प्रधान कार्यालय, कमलादी, काठमाडौं, फोन नं. ०१-४४३००६, पो. ब. नं. ७६८, फ्याक्स नं. ०१-४४२८२७५, URL: www.sanimalife.com


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.