add

सेयर बजारमा झिनाे गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पाेजेटिभ सर्किट






ActPro Nepal

|

१६ फागुन, २०७९

|
356

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५रुपैयाँ बराबरको ३९ लाख ४६ हजार २४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । सोमवार १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

घट्दो बजारमा तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला,आदर्श र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल १० प्रतिशतले बढेको छ ।

आज प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड, सामलिङ पावर र तारागाउँ रिजेन्सीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ ।

यसको शेयर ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ५० लाख र सानिमा माइको ६ करोड ४६ लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.