add

मेन्छियाम हाइड्रोपावरको आइपीओ बिक्री खुला,कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

१० फागुन, २०७९

|
549

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभाबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ विक्रीमा ल्याएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँदरले ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता आइपीओ निष्काशन गरेको छ ।

सोमध्ये अति प्रभावित क्षेत्र संखुवासभाको साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर र २ लाख ७१ हजार २९१ कित्ता ती बाहेकका संखुवासभा जिल्लाबासीका लागि छुट्याइएको छ ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता विक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतममा १० कित्तादेखि अघिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सबै सेयर विक्री नभएमा स्थानीयले मात्र चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

स्थानीय बासिन्दाले आयोजनाको कार्यालय, मादी नगरपालिका वडा नं। ७, वागा, चैनपुर नगरपालिका वडा नं। ३, तिनखोप्रे रेडक्रस भवनका साथै एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबीआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

कम्पनीले सङ्खुवासभामा ४.७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.