add

गुगलले चीनको प्रचार गर्न उत्पादित ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो






ActPro Nepal

|

३ फागुन, २०७९

|
535

काठमाडौं ।  अमेरिकी प्रविधि कम्पनी गुगलले चीनको प्रचार गर्नका लागि उत्पादन गरिएका ५० हजारभन्दा धेरै डिजिटल सामग्री आफ्नो प्लाटफर्मबाट हटाइदिएको छ ।

गुगलको जोखिम विश्लेषण समूहले युट्युब, एडसेन्स, ब्लगरजस्ता प्लाटफर्ममा रहेका ५० हजारभन्दा धेरै डिजिटल आफ्नो प्लाटफर्मबाट हटाइएको जानकारी दिएको हो ।

गुगलका अनुसार स्पामफ्लज ड्रागन र ड्रागनब्रिज नामक समूहले प्लाटफर्ममा चीनको पक्षधर र अमेरिकाविरोधी सामग्रीहरु सेयर गर्दै आएका थिए ।

यी समूहले विशेषगरी चिनियाँ भाषा बोल्ने गुगलका प्रयोगकर्तालाई लक्षित गरी आफ्नो सामग्रीहरु सेयर गर्दै आएका थिए । यद्यपि यस समूहका केही सामग्रीहरु अङ्ग्रेजी र अन्य भाषामा पनि प्रकाशित हुने गरेको बताइएको छ ।

यद्यपि गुगलका प्रयोगकर्तामाझ चीनसमर्थक यस्ता समूहले उत्पादन गर्ने डिजिटल सामग्रीको पहुँच भने अत्यन्त न्यून रहेको गुगलले जानकारी दिएको छ । ड्रागनब्रिज समूहले सेयर गर्ने ८० प्रतिशत भिडियोमा दर्शक सङ्ख्या १ सयभन्दा कम हुने गरेको गुगलले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.