add

शेयर बजारमा उच्च अंकको गिरावट,धेरै गुमाउने फाइनान्स समूहका लगानीकर्ता






ActPro Nepal

|

२९ माघ, २०७९

|
325

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । आइतबार बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से ६० अंकले घटेर बन्द भएको हो ।

शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत सेयर बजारका माग सम्बोधन नगरेपछि लगानीकर्ता हतोत्साहित हुँदा बजारमा पहिरो गएको हो ।

लगानीकर्ता सेयर धितो कर्जामा १२ करोडको सीमा र जोखिम भार १०० प्रतिशतमा झार्न माग गरेका थिए । तर, राष्ट्र बैंकले कुनै सुनुवाई नगरेपछि सेयर बजारमा प्रत्यक्ष प्रभाव परेको हो । साथै, बैंकहरुले फागुनका लागि निक्षेपको ब्याजदर थयावत राख्दा पनि बजार प्रभावित भएको हो ।

नेप्सेमा उच्च गिरावट आउँदा लगानीकर्ताले एकदिन ८८ अर्ब गुमाएका छन् । गत बिहीबार ३१ खर्ब ४९ अर्ब रुपैयाँ रहेको बजार पूँजीकरण आइतबार घटेर ३० खर्ब ६१ अर्बमा सीमित भएको छ ।

सूचकमा भारी गिरावट भए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ३ अर्ब बढीको कारोबार भएको छ ।

आइतबार नेप्से ६०.७७ अंकले घटेर २१२१.८६ विन्दुमा आइपुगेको छ । यसदिन २५३ कम्पनीको ३ अर्ब ४ करोड रुपैयाँ बढीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.५९ प्रतिशतले घटेको छ ।यस्तै, हाइड्रोपावर र उत्पादनमूलक समूह पनि ४ प्रतिशतले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप पावर ११ करोड र अपि पावर साढे ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज ङादी ग्रुप पावरका सेयरधनीले सर्वाधिक ६.६० प्रतिशत गुमाएका छन् । त्यसैगरी, हिमाल पावर ६.४४, खानीखोला ६.२५, घलेम्दी हाइड्रोपावर ६.१९, बरुण ६.१४, राधी जलविद्युत् ६.१३, जोशी, माउन्टेन हाइड्रोपावर, मञ्जुश्री फाइानान्स लगायत १ दर्जन कम्पनीको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.