add

एन्फाले फागुन ४ र ५ मा फुटबल एक्स्पो आयोजना गर्ने






ActPro Nepal

|

२९ माघ, २०७९

|
553

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) नेपालमै पहिलो पटक फुटबल प्रदर्शनी (एक्स्पो) आयोजना गर्ने भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार पत्रकार सम्मेलन गरेर एन्फाले यस्तो जानकारी गराएको हो ।

४ र ५ फागुनमा फुटबल एन्फा कम्प्लेक्स सातदोबाटोमा एक्सपो आयोजना गर्न लागेको आइतबार पत्रकार सम्मेलन गरेर एन्फाले जनाएकार दिएको हो ।

फुटबल प्रतियोगिताहरुसँग व्यवसायिक घरानालाई जोडेर फुटबलको व्यवासायिक विकास गर्ने उद्देश्यले एक्सपो आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए ।

प्रदर्शनीमा ए, बी र सी डिभिजनका क्लबहरुले आफूसँग सम्बन्धित जर्सी, आफूले जितेको ट्रफिहरु र फुटबलसँग सम्बन्धित कुनै पनि वस्तु प्रदर्शन गर्न र बिक्री गर्न पाउने छन् । त्यस्तै एक्सपोमा अन्तरक्रिया, भेटभाटलगायतका कार्यक्रम समेत चल्ने समेत एन्फाले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.