add

महाशिवरात्रिमा सिसिटिभीमार्फत् निगरानी राख्न पर्यटनमन्त्रीको निर्देशन






ActPro Nepal

|

२९ माघ, २०७९

|
438

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् ।

महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै उनले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो बनाउन सिसिटिभीमार्फत् निगरानी राख्न निर्देशन दिएका हुन्।

आज “स्वच्छ पशुपति, सफा पशुपति” भन्ने नाराका साथ सुरु भएको सरसफाई अभियानका क्रममा मन्त्री किरातीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थानका लागि छुट्टा–छुट्टै ‘डस्टिबिन’ राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए । उनले पशुपति क्षेत्रमा आउने दर्शकका लागि सहज शौचालयको व्यवस्था गर्न समेत निर्देशन दिए ।

आजदेखि सुरु भएको पशुपति क्षेत्र सरसफाइ अभियान एक सातासम्म चल्ने छ । महाशिवरात्रि नजिकिएसँगै पशुपति परिसर क्षेत्रमा रङरोगन, मर्मत तथा फूल तथा बिजुली बत्ती सजावटको काम सुरु भइसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.