add

काठमाडौँको धोविखोला करिडोरमा लुटपाट गरी हत्या, एक जना पक्राउ






ActPro Nepal

|

२६ माघ, २०७९

|
432

काठमाडौं । काठमाडौँको धोविखोला करिडोर अन्तर्गत रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिलाई लुटपाट गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ २४ गते बिहान रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिको शव फेला परेको सूचना प्राप्त भएको र अनुसन्धान गर्ने क्रममा मोरङ सुन्दरहरैचा घर भएका रामबहादुर थापाले एक दिन अगाडि लुटपाट गरी पर्सा घर भइ टोखा बस्ने ध्रुवबहादुर खड्काको हत्या गरेको खुलेको जनाएको हो ।

पक्राउ परेका रामबहादुर थापाले बत्तीसपुतलीबाट ट्याक्सीमा राखी एकान्त स्थानमा लगि लुटपाट गर्दै कुटपिट गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले अनुसन्धान गर्दा पक्राउ परेका थापाले खड्कालाई कुटपिट गरी सामान लिएर सख्त घाइते बनाएका थिए । सोही राती १० बजे पुन: थापा साइकल चढी उक्त स्थानमा पुगी दुवै खुट्टाले छातीमा हानेर खड्काको हत्या गरेको सिसी क्यामेरा फुटेजबाट देखिएको कार्कीले बताए ।

पक्राउ परेका थापालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली कागजात बनाई किर्ते गरेको आरोपमा तेह्रथुम म्याङलुङ १ घर भइ काठमाडौँको माछापोखरी बस्ने सोनाम नेपाललाई पक्राउ गरेको छ । काठमाडौँको बसन्तनगरमा संचालन भएको युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमा छापा मार्दा विभिन्न संघ संस्थाहरूका लेटरप्याड र छापहरू फेला पारिएको र नेपाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.