add

लागूऔषधसहित बर्दियाबाट दुई जना पक्राउ






ActPro Nepal

|

२५ माघ, २०७९

|
775

बर्दिया । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका–१५ चन्नुवा बस्ने २७ वर्षीय करन थारु र सोही ठाउँ बस्ने २५ वर्षीय विनोद थारु रहेका छन्। 

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले भारतबाट साईकलमा नेपालतर्फ आउँदैगरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.