add

'च्याटजीपीटी'लाई मात दिन आयो 'बार्ड'






ActPro Nepal

|

२४ माघ, २०७९

|
516

काठमाडौं । विश्व बजारमा केही समययता निकै लोकप्रियता पाइरहेको ओपन एआईको च्याटबट च्याट जीपीटीको प्रतिशपर्धी सार्वजनिक भएको छ । गुगलको विकल्पको रुपमा व्याख्या गरिएको च्याटजिपीलाई चुनौती दिन गुगलले नै नयाँ च्याटबट सार्वजनिक गरेको हो ।

बार्ड च्याटबट च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने योजनासहित सार्वजनिक गरिएको बताइएको छ ।

गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले ब्लगमार्फत बार्ड सार्वजनिक भएको जानकारी दिएका छन् । उनका अनुसार बार्ड आगामी साताबाट सर्वसाधारणको लागि उपलब्ध गराइने छ । हाललाई केही विश्वसनिय परिक्षकहरुका लागि बार्ड उपलब्ध गराइएको छ ।

संसार भरका ज्ञानलाई कुराकानीका आधारमा अझै फैलाउन बार्ड ल्याएको बताइएको छ । यसले एलएएमडीए नामक शक्तिशाली एआइ मोडलको सानो संस्करण प्रयोग गरेको छ । जुन गुगलले सन् २०२१ मै बनाइकेको थियो । तर हालसम्म प्रयोगमा ल्याएको थिएन ।

यी मोडेललाई इन्टरनेटमा रहेका जानकारीहरू उपलब्ध गराइन्छ जसले गर्दा हामीले लिखित रूपमा सोधेका अधिकांश प्रश्नको सजिलै जवाफ दिन्छन् ।

गुगल र ओपनएआई दुवैले टेक्स्ट जेनरेशन सफ्टवेयरमा आफ्ना बटहरू निर्माण गरिरहेका छन् ।

प्रयोगकर्ताले सोधेका प्रश्नहरूको सटिक जवाफ दिने गरी तयार पारिएको छ । नोभेम्बर ३१, मा सार्वजनिक भएको ओपन एआईको च्याटबट च्याटजीपीटी हाल विश्वभरी चर्चाको विषय बनेको छ ।

च्याटजीपीटीको लोकप्रियताले गुगलको सर्च इन्जिन हराउने आंकलन गरिरहेको अवस्थमा बार्ड ल्याएको हो ।

बार्डलाई इन्टेलिजेन्ट, क्रियटिभ बनाइएको सुन्दर पिचाइको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.