add

लागूऔषध सेवन गरी सवारी साधन चलाउने तीन चालक पक्राउ






ActPro Nepal

|

२२ माघ, २०७९

|
536

काठमाडौ । लागूऔषध सेवन गरी सवारी साधन चलाउने तीन जना चालक पक्राउ परेका छन्। 

काठमाडौंको ठमेलमा शनिबार‍ गरिएको चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने तीन जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। 

बागमती प्रदेश ०२ -०२६ प ८९६० नम्बरको मोटरसाइकल चालक नुवाकोटको विदुर नगरपालिका-३ घर भई हाल नेपालटार बस्ने ३५ वर्षीय रविन्द्र आचार्य, रा ७ प ९३१ नम्बरको स्कुटर चालक सल्यानको शारदा नगरपालिका-१ घर भई हाल सुकेधारा बस्ने २२ वर्षीय इसान खड्का र बागमती प्रदेश ०२-०१६ प ०७७८ नम्बरको मोटरसाइकल चालक इलामको इलाम नगरपालिका-२ घर भई हाल बौद्द बस्ने २६ वर्षीय विवेक प्रधानलाई लागूऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.