add

पीएलओले आइपीओ ल्याउँदै, विक्री प्रबन्धक नियुक्त






ActPro Nepal

|

२० माघ, २०७९

|
414

काठमाडौं । मोरङको सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पीएलओ)ले आइपीओ जारी गर्ने गरी प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कुल पाँच लाख कित्ता सेयर जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । पीएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल तथा प्रभु क्यापिटलबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो सेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको ४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

आइपिओ जारी भएसँगै प्रालिका रूपमा रहेको पीएलओ पब्लिक कम्पनीमा रूपान्तरित भएर सर्वसाधारणमा सेयर जारी गर्न पुगेको पिएलओका प्रबन्ध निर्देशक दुलालले जानकारी दिए । ‘आगामी आर्थिक वर्षमा कम्पनीले पाँच लाख कित्ता सेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्नेछ,’ उनले भने, ‘पब्लिक कम्पनीमा जाने ग्रामीण भेगको पहिलो लुब्रिकेन्ट कम्पनी पिएलओ भएको छ ।’

पूर्वाञ्चल ल्यूब आयलले विगत २३ वर्षदेखि आफ्नो उत्पादन बजारमा उपलब्ध गराउँदै आइरहेको छ । हाल देशभर ९० भन्दा बढी डिलर र पाँच हजारभन्दा बढी खुद्रा व्यापारी कम्पनीमा आबद्ध छन् । दुई लाखभन्दा बढी ग्राहकले कम्पनीका उत्पादन प्रयोग गरिरहेको उल्लेख गरिएको छ । विदेशी लुब्रिकेन्टलाई विस्थापन गर्ने सोचसहित कम्पनीले पीएलओ ब्राण्डमा विभिन्न प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आएको पीएलओका प्रबन्ध निर्देशक दुलालले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.