add

पर्यटक आगमन उत्साहजनक, एक महिनामा ५५ हजार भित्रिए






ActPro Nepal

|

१९ माघ, २०७९

|
383

काठमाडौं । कोरोना कहरको प्रभाव कम हुँदै गएसँगै नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । 

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को पहिलो महिना (जनवरी)मा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो सन् २०२२ को तुलनामा तेब्बर बढी हो । २०२२ को जनवरीमा १६ हजार ९७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पर्यटकीय गतिविधिका लागि जनवरी महिना अफ सिजन मानिए पनि यस वर्ष उत्साहजनक रुपमा पर्यटक आएका छन् । विगतमा धेरै पर्यटक आउने चीनबाट भने नेपाल पर्यटक आएका छैनन् । कोरोनाको कारण भन्दै चीनले अझै आफ्ना नागरिकलाई भम्रण अनुमति दिएको छैन ।

बोर्डकाअनुसार सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट झन्डै एकतिहाई अर्थात् १६ हजार ४३६ पर्यटक आएका छन्। त्यस्तै, अमेरिकाबाट ६ हजार ५६१, अष्ट्रेलियाबाट ३ हजार ४४१ र बंगलादेशबाट २ हजार ४६८ पर्यटक भित्रिएका छन्।

२०२२ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल ६ लाख १४ हजार १४८ विदेशी नेपाल भ्रमणका लागि आएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.