add

आयल निगमले भन्यो-‘जर्किन तथा बोतलमा पट्रोलियम पदार्थ नबेच्नू, बेचे कारबाही’






ActPro Nepal

|

१२ माघ, २०७९

|
234

काठमाडौं । नेपाल आयल निगमले बोतल जर्किनलगायतमा पेट्रोलियम पदार्त नबेच्न विक्रेताहरुलाई निर्देशन दिएको छ।

सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ।

मंगलबार बानेश्वरमा इलाममका प्रेम आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेपछि सरकारले बोतलमा खुद्रा विक्री नगर्न निर्देशन दिएको थियो। सरकारको निर्देशन लगत्तै निगमले सार्वजनिक सूचना जारी गर्दै विक्रेतालाई कडाइ गरेको हो।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अति प्रज्वलनशील पेट्रोलियम पदार्थ खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा बिक्री वितरण, असुरक्षित ओसारपसार तथा घर, पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षति समेत हुने संवेदनशील विषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्नु/नगराउनु हुन सूचित गरिन्छ।’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.