add

सोनाम ल्होछार विश्वकै पुरानो सांस्कृतिक परम्परा हो: प्रधानमन्त्री दाहाल






ActPro Nepal

|

८ माघ, २०७९

|
472

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताएका छन्।

आइतबार ल्होछारका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति रहेको उल्लेख गरेका हुन्। “नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो। यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो”, उनले सन्देशमा भनेका छन्।

प्रधानमन्त्री दाहालले लोकतन्त्र प्राप्तिका लागि तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको प्रशंसासमेत गरेका छन्। नेपालमा बसोबास गर्ने सबै जातजातिको भिन्न भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको र त्यसको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन्।

ल्होछारका अवसरमा आइतबार नेपाल तामाङ घेदुङलगायत संस्थाले काठमाडौँको टुँडिखेलसहित देशभर विविध कार्यक्रमको आयोजना गरेका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.