add

सोलार फार्मले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल






ActPro Nepal

|

३ माघ, २०७९

|
266

काठमाण्डौ । सोलार फार्म लिमिटेडले साधारण सेयर (आईपीओ)  निष्कासन गर्ने भएको छ ।

कम्पनीले कम्पनीले १०० रुपैयाँका दरले २० लाख कित्ता आईपीओ आयोजना प्रंभावित स्थानीय तथा सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्तm गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सोलार फार्मबाट अध्यक्ष आशबहादुर गुरुङ ९मोहन० तथा कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

सोलार फार्मको अधिकृत पुँजी ६५ करोड रुपैयाँ, जारी पुँजी ६५ करोड रुपैयाँ र चुक्तापुँजी ४५ करोड रुपैयाँ रहेको छ। नेपालको पहिलो सोलरबाट विद्युत उत्पादन गर्ने संस्थाका रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगा वाट क्षमताको सोलारबाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ।

यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं.५ बेल चौतारामा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.