add

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति पुग्यो ?






ActPro Nepal

|

३ माघ, २०७९

|
346

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् ।

गत साता बसेको नेपाल बैंकर्स संघको कार्य समिति बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोसँगै वाणिज्य बैंकहरूले पुसको भन्दा १० प्रतिशत घटाएर ब्याजदर सार्वजनिक गरेका हुन् । 

वाणिज्य बैंकहरूले माघका लागि साधरण मुद्दती निक्षेपको ब्याजदर अधितम ११ प्रतिशत, संस्थागत मुद्दतीको ९ प्रतिशत र रेमिट्यान्स मुद्दतीको १२ प्रतिशत कायम गरेका छन् ।

बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशतदेखि ११ प्रतिशतसम्म तोकेका छन् । जसमा नेपाल एसबीआईले मुद्दतीको ब्याजदर ८ देखि ११ प्रतिशत तोकेको छ भने स्ट्याण्डर्ड चार्टर्डले १० देखि ११ प्रतिशत तोकेको छ । अरु सबै बैंकले ११ प्रतिशत तोकेका छन् ।

त्यस्तै, बैंकहरूले साधरण बचतको ब्याजदर न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म तोकेका छन् । प्राइम, नबलि, सानिमा, सिभिल, प्रभु, राष्ट्रिय वाणिज्य, सनराइज, एनआइसी एशिया र लक्ष्मी बैंकले साधरण बचतको ब्याजदर ६.४२ प्रतिशतदेखि ९.४२ प्रतिशतसम्म तोकेका छन् ।

त्यसैगरी, नेपाल, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ, एनएमबी, हिमालयन र ग्लोबल आइएमई बैंकले ६.४२ देखि ८.८२ प्रतिशत तोकेका छन् ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड ६.४२ प्रतिशत, एभरेष्ट ६.४२ देखि ७.२५ प्रतिशत, कुमारी ६.४२ देखि ७.४२ प्रतिशत र नेपाल एसबीआइले ७.८० देखि ८.८० प्रतिशत तोकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.