add

मिर्मिरे लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश कति प्रतिशत ?






ActPro Nepal

|

२ माघ, २०७९

|
376

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ बार्षिक साधारण शभा सम्पन्न भएको छ । कम्पनीले भक्तपुरको घलातें स्थित यो यो ब्यान्क्वेटमा सभा गरेको हो । 

साधारणले  गत आर्थिक बर्ष २०७८/०७९ को  २३ प्रतिशत बोनस शेयर सहित संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन २०७८/०७९ साधारण शभाले  पारित गरेको छ । 

देशभर १५२ वटा शाखा संजाल मार्फत सेवा प्रवाह गरिरहेको मिर्मिरे लघुवित्तको २०७९ अषाढ मसान्तमा  चुक्ता पुंजी ५२ करोड २० लाख रहेकोमा चालुआर्थिक आर्थिक बर्ष २०७९/०८० मा बुद्दज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक्विजिसन/प्राप्ति गरि चुक्ता पुंजीमा ९१ लाख २० हजारको  बढोत्तरी भै ५३ करोड १२ लाख भएकोमा हालको बोनस प्रदान गर्दा वित्तीय संस्थाको चुक्ता पुंजी ६५  करोड ३३ लाख कायम रहने छ । वित्तीय संस्थाले हाल यस अघि नै ३ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ति गरिसकेको छ ।

२०७९ अषाढ मसान्त सम्ममा निक्षेप  २ अर्ब ७४ करोड, लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८३ करोड, खुद मुनाफा १५ करोड ७४ लाख रहेको छ । एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा २०७९ पौष ११ गते मिर्मिरे लघुवित्त र बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुड़े लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक समझदारी सम्पन्न भै सकेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.