add

मधेश प्रदेशमा सिटिजन्स बैंकको थप २ शाखा






ActPro Nepal

|

२ माघ, २०७९

|
306

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८१औं तथा १८२औं शाखा मधेश प्रदेशमा संचालनमा ल्याएको छ । बैंकले सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोक गरी थप २ वटा शाखाहरु संचालनमा ल्याएको हो ।

यससंगै मधेश प्रदेशको सबै जिल्लामा यस बैंकको उपस्थिती पुगेर जम्मा २९ वटा शाखाहरु संचालनमा रहेको बैंकले जनाएको छ। सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुयाउने लक्ष्य बैंकले राखेको उल्लेख गरेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ। बैंकले १८२ वटा शाखा, १३५ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.