add

कांग्रेस प्रवक्ता महत भन्छन्– दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्






ActPro Nepal

|

२ माघ, २०७९

|
294

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निस्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन् ।

उनले आईतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाहरु पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । उनले समितिले बुझाएका प्रतिवेदनहरुको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरुको पुनरावृत्ति भइरहेको बताए ।

प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटनाहरु किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताए । उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्ने बताए । उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अघि नबढ्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने बताए । प्रवक्ता महतले सरकारले दुर्घटनाको विषयलाई गम्भीरताका साथ लिएर नदोहोरिने सुनिश्चितता मुखले नभइ कामबाट नै गर्ने कुरामा सरकार र सम्बन्धित निकाय लाग्नुपर्ने बताए ।

उनले भने, ‘विमान दुर्घटनाले हामी सबैको मन मस्तिष्कलाई हल्लाएको छ । अत्यन्त पीडा दिएको छ । यस्तो घटनाहरु पटकपटक दोहोरिरहेका छन् । यो अवस्थामा यो विषयलाई हरेक पटक घटना हुन्छ, त्यसपछि हामीले एउटा छानबिन समिति बनाउँछौँ, छानबिन समितिको निस्कर्ष के निस्किन्छ, त्यसको अत्तोपत्तो कसैले पाउँदैन । यो परिस्थितिको अन्त्य गर्नुपर्छ । अहिलेसम्म विभिन्न यस्ता घटनाहरु भए । के कारणले भए ? त्यो सार्वजनिक गर्न जरुरी छ । अहिलसम्म जतिपनि दुर्घटनाका श्रृंखला नेपालमा भएका छन्, के के कारणले भयो ? त्यसको आधारमा यस्तो घटनाहरु, दुर्घटनाहरु दोहोरिन नदिन यथेष्ठ उपाय हामीले गर्नुपर्छ । होइन भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिम भन्नेकुरा जान्छ । नागरिकको ज्यान जानुले नकारात्मक तस्बिर पनि संसारको सामुन्ने राख्छ । सरकारले यो विषय गम्भीरताका साथ लिनुपर्छ । हिजोको दर्दनाक घटनाबाट हामी सबै दुःखी छौँ । यस्तो दुर्घटन पटकपटक नदोरियोस् । त्यो नदोहोरिने सुनिश्चिाता मुखले नभइ कामबाटै सरकार र सम्बन्धित निकाय लागोस् भन्ने चाहन्छौँ ।’

आईतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी जहाजमा सवार सबैको निधन भएको छ । अझै केही शव भने खोज्ने क्रम जारी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.